FAQs Complain Problems

समाचार

समाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नविकरण

लाग्ने समय: 
मंसीर १ देखि १५ गते सम्म
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु: 

सामाजिक  सुरक्षा  भत्ता  पाएका  व्यक्तिहरुले    हरेक  वर्ष  मंसिर महिनाको १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालय वा नगरपालिका   कार्यालयमा   आई   अनुसुची   फाराम   भरि   आफ्नो परिचय  पत्र  अनिवार्य  रुपमा   नविकरण  गराउनुपर्ने छ । सो का लागि निम्नानुसार कागजात पेश गर्नुपर्ने छ ।

  • परिचय पत्रको प्रतिलिपि
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  •   अन्यन्त्रको  नागरिकता  प्रमाण  पत्र  भए  बसाई–सराई  प्रमाण पत्रको प्रतिलिपि
  •  सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति
  • सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ